को हुन् पर्यटनमन्त्री बनेका जीवनराम श्रेष्ठ ?

काठमाडौं । जीवनराम श्रेष्ठ पर्यटनमन्त्री नियुक्त भएका छन् । आगामी मंसिर पहिलो सातासम्म सरकारले संघ प्रदेशको चुनाव गराउने गरी तयारी गरेमा पर्यटनमन्त्री नियुक्त भएका श्रेष्ठको कार्यअवधी लामो हुने छैन । उनी करिब ५ महिना मात्रै सरकारमा रहन पाउनेछन् । त्यसपछि चुनावबाट आउनेले सरकार चलाउनेछ । तर अहिले आफ्नै पार्टीको विवादमा आईरहन रुचाउने प्रेम आलेले सम्हालेको पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी सिंहदरबार पुगेका छन् ।
खेलकुद क्षेत्रमा धेरैका सामु चिनिएका उनीसँग खेलकुदको बारेमा राम्रो अनुभव छ । तर पर्यटनमा उनको नयाँ अनुभव हुनेछ । उनी पनि मन्त्रीका रुपमा नयाँ अनुहार लिएर सरकारमा सहभागी भएका हुन् । नेपाली खेलकुद क्षेत्रमा बलियो शक्तिका रुपमा अहिले पनि जीवनराम श्रेष्ठ चिनिने गर्छन् ।
खेलकुद क्षेत्रबाटै राजनीति शुरु गरेका श्रेष्ठ दुईपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र तीनपटक ओलम्पिक कमिटी नेपालका अध्यक्ष भएका भएका व्यक्ति हुन् । उनी एकीकृत समाजवादीका संसदीय दलको प्रमुख सचेतक पनि थिए । उनी पनि प्रत्यक्ष तर्फ निर्वाचित सांसद हुन् ।
काठमाडौंका उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए । उनले कांग्रेसका नविन्द्रराज जोशीलाई पराजित गरेर सांसद बनेका थिए । उनी राखेपमा विसं २०५३ सालमा पहिलो पटक सदस्य–सचिवका रुपमा नियुक्त भएका थिए ।
एकवर्ष मात्र सदस्य–सचिव पद सम्हालेका उनी २०६३ सालमा दोस्रो पटक सदस्य–सचिवका रुपमा नियुक्त भए । उनी १२ औँ र १६ औँ सदस्यसचिव थिए । जीवनराम श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटीको निर्वाचित अध्यक्ष हुन् ।
त्यस्तै, सन् १९७७ मा एक वर्ष कमिटीको अध्यक्ष भए । त्यसपछि सन् २०१५ बाट हालसम्म दुई कार्यकालका लागि ओलम्पिक कमिटीका अध्यक्ष बने ।
उनी नेपाल ओलम्पिक कमिटीको पूर्व महासचिव पनि हुन् । श्रेष्ठ नेपाल स्की संघका अध्यक्ष पनि हुन् । विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मिएका श्रेष्ठले विसं २०४२ देखि नेकपा ९माले०मा प्रवेश गरेर राजनीति शुरु गरेका थिए ।
तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए ।
नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उनलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । उनले पनि एमाले विभाजित हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजे । उनकै क्षेत्रका सिनियर नेतृ तर प्रदेश सांसद बनेकी अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले माधव नेपाल छोडेर पार्टी विभाजनलाई साथ नदिएपनि उनले भने माधव नेपाललाई साथ दिएका थिए ।
श्रेष्ठका अगाडी निक्कै चुनौति छ । अघिल्ला आफ्नै पार्टीका मन्त्री प्रेम आलेले चर्चामा आईरहन गर्ने अनेक स्टन्डबाजीलाई चिरेर मन्त्रालयमा आफनो छुटटै पहिचान उनले छोडनु पर्ने छ । जो कोही पनि मन्त्रीको रुपमा गएपछि आफनो केही न केही पदचाप छोडन चाहान्छन् । उनका लागि अघिल्लो मन्त्रीले चर्चामा आउन गरेको अनेक स्टान्डबाजीलाइृ चिरेर आफनो छुटटै पहिचान देखाउने चुनौति उत्तिकै छ । त्यसमाथी निजी क्षेत्रका हवाई मालिकहरुले गर्ने घेरावन्दीलाई तोडेर उनले कसरी आफनो पहिचान देखाउन सक्छन् ? त्यो उनको आउने कामबाटै पुष्टि हुनेछ ।
















बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया