शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने
काठमाडौं । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक पन्तका अनुसार राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा आउँदो शुक्रबारबाट फिल्म प्रदर्शनमा आउन लागेको हो ।
उनले राजधानीका केही मल्टिप्लेक्स हलमा पनि फिल्मका लागि कुराकानी भइरहेको जानकारी दिए । फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।
यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । १० जुलाईबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तीय फिल्महरू पछिल्लो क्रममा भारतका ठूला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।
एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिकसमेत आवद्ध छन् । ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यु गरेका छन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको अभिनय छ । निर्देशक पन्तको कथामा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।
फिल्ममा अर्जुन जिसीको सम्पादन, मित्र डी गुरुङ र साहिल खानको ट्रेलर र टिजर सम्पादन, महेश पौडेलको छायांकन, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी छ । निर्देशक पन्तले चाँडै नै अभिनेत्री निता ढुंगानाको फिल्म ‘ह्रस्र्व दीर्घ’ निर्देशन गर्दैछन् ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया