आइतबार, वैशाख १३, २०८३

एसपीपीअघि नबढाउने सरकारको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार

मेरोन्यूज २०७९ असार १३ गते १७:३३

Advertisement
NiccNicc

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त राज्य अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संघीय संसद् राष्ट्रिय सभामा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले एसपीपी अघि नबढाउन सरकारले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी र्दिए ।

मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले संयुक्त राज्य अमेरिकाको एसपीपीअघि नबढाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चलानी नम्बर म बै–३२१–७०७९ मा पत्र पठाइएको हो । पत्रको बोधार्थ तथा कार्यार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयका सचिवलाई पनि दिइएको छ ।

प्रतिक्रिया