शोधनान्तर घाटाको जन्मदाता केपी ओली र युवराज खतिवडा हुन् : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको सरकारका कारण अहिले शोधनान्तर घाटाको स्थिति आएको बताएका छन् ।
सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद ः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठिमा बोल्दै प्रचण्डले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भएको बताएका हुन् ।
उनले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेले परिवर्तन अनुरुपको ऐन, कानून निर्माण गर्न नचाहेको पनि बताए । ‘हाम्रो अगाडि उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नुभयो, त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो, समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ? वामपन्थीहरुको एकता, कम्युनिष्टहरुको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला,’ प्रचण्डले भने, ‘जनतालाई प्रत्यक्ष राहत हामीले घोषणा पत्रमा जे भनेका थियौँ, त्यतैतिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि, अझ मेरो अगाडि भन्छु म चाहिँ, त्यो पहलकर्ताको अगाडि बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ ? भन्न मिल्छ ?’
यस्तै, प्रचण्डले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको बताउँदै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने टिप्पणी गरेका थिए ।
उनले विगतमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गरे । उनले एमसीसीलाई व्याव्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफूहरुले नेतृत्वदायी भुमिका खेलेको दाबी गरे ।
उनले भने, ‘झलनाथ जीलाई म के सम्झाउन चाहान्छु भने एमसीसीबारे दस्तावेजीकरण गर्ने, पहिलो दस्तावेज लेख्ने मैले लेखेको हो, एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथ जीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव मैले नै राखेको हो, झलनाथ जीलाई यो हेक्का होला, यो हेक्का रहोस्, यो हेक्का रहनु जरुरी छ, एसपीपीलाई खारेज गराउनेमा नेतृत्वको भुमिका हामीले नै खेलेको हो ।’
उनले कम्युनिष्ट हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुने बताउँदै कम्युनिष्टहरु बिग्रिए कुहिएको अण्डाजस्तै हुने टिप्पणी गरे ।
















बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया