कुशे गाउँपालिकामा सुत्केरी महिलाको मृत्यु
मेरोन्यूज
२०७९ असार १३ गते २०:४७
सुर्खेत । जाजरकोट कुशे गाउँपालिका ५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।
समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाइ छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन ।
स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरी र एक छोरा थिए ।
चौथो सन्तान छोरा जन्म दिएपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तारा खड्काले बताएकी छन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया