वामदेव गौतमको नयाँ पार्टीका घोषणा

काठमाडौँ । वामदेव गौतमले नयाँ राजनीतिक पार्टी खोलेको घोषणा गरेका छन् । उनले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन् ।
नेकपा (एकता राष्ट्रिय अभियान) घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् । यस्तै, ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।
पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिवबाहेक सबै जना सदस्यको रुपमा रहने जनाएको छ ।
आफू नेतृत्वको नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा कार्यक्रममा अध्यक्ष गौतमले साविक नेकपा खारेज, एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसला त्रुटिपूर्ण र हानिकारक साविक भएको बताए । सो आदेशले कम्युनिष्ट पार्टीलाई शत्रुतापूर्ण अवस्थामा पु¥याएको गौतमले बताए ।
नयाँ पार्टी घोषणा कार्यक्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सर्वोच्च अदालतको निर्णयले पुनर्स्थापित नेकपा (एमाले) पुनः विभाजन उन्मुख भयो र केही महिना पछि साँच्चिकै विभाजित भएरै छोड्यो । जुन तपाईहरुलाई अवगत नै छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वोच्च अदालतको त्यो निर्णयले मुख्य कम्युनिष्ट पार्टीहरुका बीचको सम्बन्धलाई शत्रुतापूर्ण अवस्थामा परिणत गरिदिएको छ । साथै नेपालको राजनीतिक अवस्थामा गम्भीर नकारात्मक प्रभाव बृद्धि भइरहेको छ । यी तथ्यहरुको आधारमा भन्नुपर्दा सर्वोच्च अदालतको निर्णय त्रुटीपूर्ण र हानिकारक सावित भएको छ ।’
कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुतम ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसमा कांग्रेस सबैभन्दा ठूलो दल हुने गौतमले बताए ।
यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए ।
यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।


















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया