नाह्यानप्रति श्रद्धाञ्जली दिन भारतीय प्रधानमन्त्री मोदी युएईमा

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अबुधाबी पुगेका छन् । अबुधाबीका पूर्व शासक तथा युएईका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी पुगेका हुन् । उनको गत मे १३ मा निधन भएको थियो ।
जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गर्नु भएको हो । उनले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ ।
युएईका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बनेका छन् । नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई दिएका थिए । उनी युएईको तेस्रो राष्ट्रपति बनेका हुन् ।
अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो । मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुगेका थिए ।
भेटवार्ताका क्रममा उनीहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गर्ने भारतीय विदेश मन्त्रालयका अधिकारीले जनाइएका छन् ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया