गण्डकी सरकारले भन्योः ‘दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण’

पोखरा । गण्डकी सरकारले आगामी वर्षदेखि गाडीको जाँचपास प्रत्येक ६ महिनामा गर्नुपर्ने नियम ल्याएको छ । बजेट भाषणसँगै सरकारले गाडीको वार्षिक करबृद्धी गरी हरेक ६ महिनामा जाँचपासको ब्यवस्था ल्याएको हो । संचार माध्यममा सरकारको उक्त निर्णयको समाचार आएपछि दुर्घटना न्यूनिकरण गर्नका लागि यस्तो व्यवस्था ल्याएको सरकारले जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गरि अर्थ मन्त्रालयका प्रबक्ता बसन्तराज तिवारीले दुर्घटना कम गर्न र वातावरणीय प्रदुषण घटाउने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको बताए ।
‘जाँचपास वार्षिक रुपमा गर्ने गरी दस्तुर १ हजार लाग्ने व्यवस्था भएकोमा अब अर्धवार्षिक रुपमा ५ सय रुपैयाँ दस्तुर लाग्ने गरी जाँचपासको व्यवस्था गरिएको हो । यसबाट थप शुल्क तिर्नुपर्दैन,’ उनले विज्ञप्ती मार्फत भनेका छन्, ‘अर्धवार्षिक रुपमा गरिने परीक्षणले दुर्घटना न्युनिकरण, नागरिकको सुरक्षा र वातावरण संरक्षण हुने तथ्यलाई मध्यनजर गर्न जरुरी देखिन्छ । सवारी साधनको नविकरण भने वार्षिक रुपमा एक पटक हुने छ ।’
उनले संचार माध्यममा आएका समाचारहरु भ्रम रहेको भन्दै विश्वास नगर्न आग्रह गरेका छन् । सवारी साधनको जाँचपास नागरिक सुरक्षासँग जोडिएकोले उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको सरकारले जनाएको छ ।
















बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया