महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेकाे छ : अध्यक्ष गोले

महोत्तरी । भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महाेत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ ।
प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । ‘लालपुर्जाको नक्साङ्कन समेत तयारी भैइसकेको छ । अब वितरणको तयारी गर्नुपर्छ,´ गोलेले भने । विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भुमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्यामा छन् ।

नगरभित्र रहेका सबैकाे नक्सा समेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्रावधिकहरूले प्रमाणीकरण अगाडि बढाएका छन् । अध्यक्ष गोलेका अनुसार नगरको १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेको छ ।
बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया