जनतान्त्रिक मुक्ति मोर्चाले गृहमन्त्री खाणलाई बुझायो ध्यानाकर्षण पत्र
मेरोन्यूज
२०७९ असार १५ गते १८:३८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणलाई डा.मनोजकुमार झा नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ठोस एवं निर्णयक पहल कदमीका लागि भन्दै आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
गृह मन्त्रालयमा अपरान्ह बुझाएको ध्यानाकर्षण पत्रमा मोर्चा र सरकारबीच २०६८/०९/२६ गते भएको सम्झौता, लगायत विभिन्न संसदीय न्यायीक र राजनीतिक वार्ता समितिले मोर्चासँग गरिएका सहमति र सम्झौता कार्यानवयन गर्न माग गरिएको छ ।
मोर्चाले सहमति कार्यान्वयन नहुँदा मोर्चाका नेता कार्यकर्ता वर्षौदेखि कारागारमा रहन बाध्य भएको भन्दै सहमति कार्यान्वयन गरेर छोड्न आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री खाणले यथार्थता बुझेर समस्या समाधानका लागि पहल गर्ने बताए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया