जिता नदीमा बाढी आएपछि २५ घर उच्च जोखिममा

सप्तरी । अविरल वर्षासँगै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेपछि २५ घर बाढीको उच्च जोखिममा परेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ को बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गरेपछि सो क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् ।
यसैगरी वडा नम्बर ७ मा गत वर्षाले भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नम्बर १ तिलाठीस्थित खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको स्थानीयले बताए ।
वडा नम्बर ७ र वडा नम्बर १ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य बुधबारबाटै सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताए ।
बाँध भत्किएको ठाउँहरूको बुधबार बिहानै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष ललनप्रसाद राउत, इन्जिनियर भास्कर प्रसाद सिंहसहितको टोलीले निरीक्षण गरी आवश्यक मर्मत सम्भारको व्यवस्थापन गर्न निर्देशन दिएको विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया