बिहीबार, वैशाख २४, २०८३

दक्षिण कोरियामा १३ नेपाली पक्राउ

मेरोन्यूज २०७९ असार १७ गते ७:१५

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

Advertisement
NiccNicc

अध्यागमनका अनुसार १३ जना .मध्ये चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

तर उनीहरुको नाम ठेगाना भने खुलेको छैन । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया