जसपासँगको सहकार्य लगभग सकियो : बाबुराम भट्टराई

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादवसँगको सहकार्य सकिएको बताएका छन् । उनले जसपासँग सहकार्य सकिएकाले आगामी दिनमा विचार मिल्ने पार्टीसँग सहकार्य हुने बताए ।
शनिबार बिहान गोरखा–काठमाडौँ सम्पर्क संयन्त्रको तेस्रो भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले केही दिनमा आफू पक्ष नेताहरूको भेला बोलाउने जानकारी दिए ।
‘हामीले सोचे जस्तो पार्टी, हामीले सोचेजस्तो देश निमार्ण र हामीले सोचेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना यहाँबाट सम्भव छैन भन्ने कुरा स्पष्ट भइसकेको छ,’ उनले भने, ‘उही पुरानै ढंगको कार्य शैली, पुरानै स्वाभाव र प्रवृती केही मान्छे सत्तामा जाने मन्त्री हुने, सत्ताको वरिपरी मात्रै घुम्ने र निश्चित मान्छे पार्टीभित्र हाबी हुने संस्कृती यहाँ पनि विद्यमान छ, त्यसैले नयाँ सोच, नयाँ विचार, नयाँ शक्ति पार्टीको मिसन र वैकल्पिक शक्ति निमार्णको योजना जनताबीच लोकप्रिय देशको निम्ति टट्कारो आवश्यकता हुँदाहुँदै आज कताकता छायामा परेको अनुभूति भइरहेका छ ।’
उनले आफूबाट पनि केही गल्ती र त्रुटी भएको बताए । ‘बेला बेलामा म झस्किने पनि गर्छु, नेपालमा वैकल्पिक शक्ति निर्माणको थालनी गरेको, म आफू माथि पुग्न लागेको, तर कार्यकर्तालाई खस्न लागेको जस्तो महसुस भएको छ,’ उनले थपे ।
गणतन्त्र र संघीयता आफूहरुले २० औँ वर्षको आन्दोलन र योगदानबाट जनता माझ स्थापित भएको उनको दाबी थियो । अब बाँकी जीवन सुशासन, समृद्धि र समाजवाद यात्रामा लाग्ने बताए ।
उनले अहिले आफू भएको पार्टी जातिवादी र क्षेत्रीय मात्रै भएको बताउँदै वैकल्पिक पार्टी निर्माणको अभियानबाट आफू नभाग्ने बताए ।















नेपाली टिमले विश्वकपमा आत्मविश्वास र एकता देखाउने छ: प्रधानमन्त्री कार्की
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया