चर्चामा सन्दीपको ट्विट, के भनेका थिए ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको आसयको ट्विट गरेका थिए ।
‘शून्य समर्थन ? चिन्ता नलेउ, तिमीले यो युद्ध एक्लै लड्नुपर्छ,’ सन्दीपले लेखेका छन् । नेपाली क्रिकेट टिम हाल विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृंखलाको तयारीका लागि क्यानडा भ्रमणमा छ ।
नेपालले क्यानडा तीन एकदिवसीय खेल खेल्नेछ । जसमध्ये दुई नेपालले क्यानडाको राष्ट्रिय टिमसँग र एक त्यहाँको स्थानीय क्लबसँग खेल्ने तय भएको थियो । नेपालले शनिबार क्यानडाको स्थानीय क्लब ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको थियो ।
नेपालले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन मात्र जोडेको थियो । उनले त्यो ट्विट नेपालले खेल जितिसकेपछि पोस्ट गरेका थिए ।















यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया