गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गर्यो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताए ।
अध्यक्ष थापाले पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६÷६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताए । उनले यस किसिमका विकृति र विसंगतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गरे । अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताए ।
उनले भने,‘सरकारले स्थायित्वको अनुभुति दिन सकेको छैन । सरकार गठन भए यता देशमा राजनीतिक स्थिरताको अनुभुति जनताले गर्न सकेका छैनन् । रातदिन झगडा छ । पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६÷६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना अहिले भइरहेको छ । यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले यस्तो खालको संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ । मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन । दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ ।’
अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हीत गर्न नसकेको पनि बताए । उनले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताए । अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगति हुन थालेको बताए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया