बाग्मती सरकारको विकल्पमा एस पार्टीको सुदुरपश्चिममा दावी

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा र वाग्मती प्रदेशमा सरकार परिवर्तन गर्ने खेल शुरु भएपछि नेकपा एसले बाग्मतीको साटो सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री दावी गरेको छ ।
बाग्मती प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि एस पार्टीले पनि सुदुरपश्चिम प्रदेशमा सरकार परिवर्तन गर्न दबाब दिएको हो । गठबन्धन दलका तर्फबाट माधवकुमार नेपालले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर बाग्मती प्रदेशको सरकार छाड्न तयार रहेको तर सुदुरपश्चिम प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बनाउनु पर्ने शर्त राखेका हुन् ।
६ महिनापछि सरकारको नेतृत्व परिवर्तन हुने पूर्वसहमतिअनुसार कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई दबाब दिएका थिए । नेकपा(एकीकृत समाजवादी)का नेता पाण्डे पाँचदलीय गठबन्धनको समर्थनमा वागमती प्रदेसको मुख्यमन्त्री बनेका हुन । घटक दलले दबाब दिन थालेपछि एकीकृत समाजवादी वागमती प्रदेस संसदीय दलको बैठक शनिवार बसेको थियो ।
सो बैठकले उपयुक्त विकल्प भए बाग्मती प्रदेश छाड्न सकिने धारणा राखिएको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा शनिबार काठमाडौंमा संसदीय दलको बैठक बसेको थियो । माधव नेपालले गठबन्धन दलहरुसँग सुदुरपश्चिमको मूख्यमन्त्री माग गरेको स्रोतको दावी छ । ‘सुदुरपश्चिममा कुरा मिलेमा बाग्मती प्रदेशको मूख्यमन्त्री छाड्न सकिन्छ’, स्रोतले भन्यो ।
बाग्मतीको मूख्यमन्त्री छाड्ने विषयमा पाण्डेले शुक्रबार पार्टी नेतृत्वसँग छलफल गरेका थिए । विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै उनले सत्ता हस्तान्तरणका लागि आफू तयार रहेको नेतृत्व तहलाई बताएका थिए । पाँचदलीय गठबन्धनका तर्फबाट गत वर्ष कात्तिक ११ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदा ६ महिना पदमा बस्ने सहमति भएको कांग्रेस र माओवादीको भनाइ छ । सहमति कार्यान्वयनका लागि भन्दै दुवै दलले प्रदेश सांसदहरूको हस्ताक्षर संकलनसमेत सुरू गरेका छन् ।
नेपाली कांग्रेसका प्रमख सचेतक छिरिङ दोर्जे लामाले सरकार बनाउँदै गर्दा ६–६ महिना नेतृत्व गर्ने सहमति भएको बताए । ‘सरकार बनाउँदै ६–६ महिनाको सहमति भएको थियो । सहमति पत्र पनि बाहिर आइसकेको छ । ६ महिना कटिसकेको छ, बजेटका लागि हामी रोकेका थियौं,’ लामाले भने,‘सहमतिमै सरकारको नेतृत्व छाड्ने कुरा हो । प्रक्रियामा जाँदा प्रदेससभा सदस्यहरूको हस्ताक्षर चाहिन्छ नैत्यसैले संकलन गरिरहेका हो ।’ पूर्वसहमति अनुसार मुख्यमन्त्री पाण्डेले आफैं सत्ता हस्तान्तरण गर्ने कांग्रेस माओवादीको विश्वास छ । ६ महिना एकीकृत समाजवादी र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको हो । कांग्रेसका तर्फबाट इन्द्र बानिया मूख्यमन्त्री बन्नेछन् ।
उता सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एस पार्टीका दीर्घ सोडारीले दावी गरिरहेका छन् । सुदुरपश्चिममा एस पार्टी निकै बलियो मानिन्छ । तर माओवादीको नेतृत्व भएका कारण त्यहाँ सहमति कायम हुने संभावना निकै कम रहेको छ । ‘माधव नेपालले साह्रै जोड गर्नु भएको छ तर संभावना निकै कम छ’, एक नेताले भने ।
बाग्मती प्रदेशबाट मात्रै सरकार छाड्नु परेमा माधव नेपालले वर्तमान सत्ता गठबन्धनबाट चिढिने संभावना बढेको छ । बाग्मतीमा एस पार्टीलाई एमालेले समर्थन गर्ने संभावना पनि रहेका कारण तत्काललाई एस पार्टीले सरकार छाड्ने संभावना टाढा रहेको छ । शनिवार बसेको संसदीय दलको बैठकले हल्लाको पछि नलाग्न आग्रह गरेको छ । शनिवार प्रदेशसभा संसदीय दलको बैठकमा भएका छलफलबारे जानकारी दिँदै उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने बताए । उनले तल हस्ताक्षर गर्ने वा हल्ला गर्ने कुराको कुनै तुक नहुने समेत बताए ।
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कस्ताे रहला आज देशभरकाे माैसम ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
प्रतिक्रिया