युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गर्न पहल गर्छु : श्रम मन्त्री कुँवर

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री मन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सृजना गरि विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुंवरले युवालाई स्वादेशमै रोजगारी सृजना गर्न पहल गर्ने बताएका हुन् ।
देशको युवा जनशक्ति विदेश पलाएन हुने क्रम नरोकिएको प्रति चिन्ता व्यक्ति गर्दै मन्त्री कुँवरले आफ्नो कार्यकालमा यसलाई न्यूनिकरण गर्न तर्फ भरपुर कोसिस गर्ने बताए । जोश जागर र देशलाई आवश्यक पर्ने जनसक्ति देशमै परिचालन गर्न पहल गर्न सम्बन्धित पक्षले ध्यान दिनु पर्ने उनले कार्यक्रममा बताएका छन् ।
अछामबाट प्रतिनिधित्व गर्दै श्रम मन्त्री बन्न सफल कुँवरले आफुले समालेको जिम्मवारी पुरा गर्नका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल पनि गरेका छन् । साथै सम्मान र बधाई कार्यक्रमको आयोजना गरेकोमा अछाम टिकाथली समाज सेवालाई मन्त्री कुँवरले आभार व्यक्त गरेका छन् ।













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया