दाङमा ग्यासको ढुवानी मूल्य एक सय रुपैयाँ

दाङ । दाङमा ग्यासको ढुवानी मूल्य बढाइएको छ । यसअघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिण्डर पुराएको ५० लिँदै आएकोमा भोलिदेखि १ सय रुपैयाँ लिइने भएको छ ।
दाङ देउखुरी ग्यास बिक्रेता संघको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरूको उपस्थितिमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यसअघि ग्यास ढुवानी नूतनतम ५० रुपैयाँ लिँदै आएकोमा पछिल्लो समयमा अधिकांश बस्तुमा महँगाइ बढेकाले भोलिदेखि लागू हुने गरी ग्यासको ढुवानी न्यूनतम सय रुपैयाँ लिने निर्णय गरेको छ ।
हाल ग्यासको बिक्री मूल्य १८ सय र ढुवानीसहित १८५० लिइँदै आएकोमा भोलिदेखि ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने दाङ देउखुरी ग्यास बिक्रेता संघले जनाएको छ ।
















इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया