हावाहुरीले खोटाङमा मकै वाली नष्ट

खोटाङ । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्याएको नगरका प्रवक्ता कमल गिरीले बताए ।
जिल्लाभर मुख्य बालिका रूपमा मकै खेती लगाउने गरिएको छ । तर हावाहुरीले उत्पादन दिनै नसक्नेगरी मकैको बोट ढलेको छ । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् ।

मकैमा क्षति पुग्दा किसान निराश बनेको दुर्छिमका स्थानीय तामन राई बताउँछन् । हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङ समेत लडाएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी नआएको बताए । सामाजिक सञ्जालमार्फत मात्र मकैमा क्षति भएको जानकारी भएको पाण्डेले जनाए ।
दुर्छिमको चुमाखु, रातमाटे लगायतका ठाउँमा लगाइएको मकै वाली हावाहुरीले ढालेर जमिनमा मिलाएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबु लगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए । ‘घोगा लागिसकेको मकैको बोट भाँचिएर हेर्नै नसकिने अवस्था भएको छ । घोगा लागिसकेको मकै न उठाउन मिल्छ, न उठाउँदा दाना लाग्छ,’ पुरीले भने, ‘सबैतिरबाट क्षतिको जानकारी आइरहेको छ । विवरण संकलन भइरहेको छ ।’
हावाहुरीले मकैमा पुर्याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए ।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
प्रतिक्रिया