कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी

मुम्बई। भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो ।
कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो । साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो । सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए । जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन् ।
अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका थिए । जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए । ‘तर न उनले कुनै प्रस्तुती दिए, न त कुनै कुराको उत्तर नै दिए । अदालत जानुअघि मैले उनलाई कैयौंपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन् ।
जेटलीका अनुसार अहिले पनि यो मामला न्यूयोर्क अदालतमा छ । उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया