केएमसी स्कुलभित्र कर्मचारीको मृत्युले तनाव, प्रहरी र परिवारबीच वार्ताको तयारी

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रे जिल्लाको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो । प्रहरीका अनुसार उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
मृतकका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन् । यद्यपी प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गर्न सकेको छैन । गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न नसकेको प्रहरीले जनाएको छ ।
मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन् । आफन्त र परिवारले घटनास्थलमा तनाव सिर्जना गर्ने भउपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको छ ।
मृतकका परिवारले वार्ता टोलीमा मिडियाकर्मीहरू पनि राख्न माग गरेका छन् । ‘हामीले वार्ता टोलीमा मिडियाकर्मी राख्नुपर्छ भनेका छौं। टोली पनि बनायौं तर मिडियालाई नदिने तपाईंहरूसँग मात्रै वार्ता गर्ने कुरा गरे,’मृतकका मामा श्याम खत्रीले भने,‘त्यसैले कुरा हुनसकेको छैन ।’
















संघीय सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया