नक्कली किसानको मारमा सक्कली किसान : सिंह

महोत्तरी । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसान उपेक्षामा परेको बताएकी छन् । उनले सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानको बिगबिगी भएको बताइन् ।
मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखिकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नु पर्छ ।’
सरकारले घोषणा गरेको किसान परिचय पत्रसमेत अलपत्र परेको बताउँदै मधेस प्रदेशमा यसलाई तत्काल कार्यान्वयन गर्नु पर्ने सिंहको जोड छ । प्रशोधक मिडियाको सहकार्यमा मधेस प्रदेशका आठै जिल्लाबाट सहभागी पत्रकारलाई कृषि पत्रकारिताका प्रावधिक पक्षमा स्पष्ट हुन पनि मन्त्रालयका कृषि विज्ञहरूले सुझाव दिए ।
वरिष्ठ कृषि, अर्थविज्ञ तथा मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले कृषिसम्बन्धी सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने प्रावधिक पक्षको विषयमा जानकारी गराए । देशलाई समृद्ध बनाउनदेखि अर्थ उपार्जनमा समेत कृषि क्षेत्र महत्वपूर्ण भएको हुनाले प्रवक्ता सिंहले कृषि पत्रकारितालाई फराकिलो बनाउन आग्रह गरेका छन् ।
बर्दिबासको एक होटलमा आयोजना भएको उक्त अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको भूमिकामा भने वरिष्ठ पत्रकार अनिलकुमार कर्णले सहजीकरण गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया