गठबन्धनमा कांग्रेस स्वार्थी देखियो : प्रचण्ड
मेरोन्यूज
२०७९ असार १९ गते १६:०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस स्वार्थी भएको बताएका छन् । उनले माओवादी मात्र गठबन्धनप्रति इमान्दार भएको दाबीसमेत गरे ।
आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमान्दार नभएको र नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट मागेको बताएका हुन् । यस्तै, उनले जसपाले आफ्नो पकड क्षेत्रमा गठबन्धन गर्न अस्वीकार गरेको बताए ।
‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने काम भए,’ प्रचण्डले भने ।
सम्बन्धित















बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया