विष्णु पौडेलको संयोजकत्वमा एमालेले बनायो अन्तरघातको छानबिन समिति

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको चुनावमा पार्टीभित्रै बसेर अन्य पार्टीलाई सघाउने गरी अन्तरघात गरेको विषयमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा छानविन समिति बनाएको छ ।
समितिलाई छानविन गरी दोषी देखिए कारबाही गर्नेसम्मको अधिकार दिएर समिति बनाएको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको पार्टी सचिवालय बैठकले पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको बताए ।
‘आन्तरिक समस्याका कारण सोचेबमोजिम नतिजा आएन, अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए, त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने ।
असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ । जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वाटरमा पठाउन पनि एमालेले निर्देशन गरेको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया