शुक्रबार, माघ ९, २०८२

मृतकको परिवारलाई ८ लाख दिने सहमति, केएमसी स्कुलबाट मृतकको शव उठाउने तयारी

मेरोन्यूज २०७९ असार १९ गते २१:४७

काठमाडौँ । बुद्धनगरस्थित केएमसी स्कुलले ८ लाख रुपैयाँ दिने सहमति भएसँगै होस्टलमा कार्यरत मृतक महिला कर्मचारीको शव उठ्ने भएको छ । मृत्युको घटनामा विद्यालय प्रशासनले मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको हो ।

आइतबार दिनभर भएको वार्तापछि मृतकका परिवारले शव उठाउन दिने सहमति गरेका हुन् । योसँगै मुचुल्का उठाउन सुरु भएको छ ।

मृतक कर्मचारीको शव पोस्टमार्टमका लागि त्रिवि अस्पताल लगिने प्रहरीले जनाएको छ । काभ्रेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ गर्ल्स होस्टलमा मृत फेला परेकी थिइन् ।

मृतकका परिवारले रमाको हत्या भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया