सत्ता किन प्यारो भएको हो ? काम गर्नु पर्दैन : केपी ओली
मेरोन्यूज
२०७९ असार २० गते १४:५०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धका लडाकुलाई बिर्सेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनयुद्धका लडाकुलाई सरकारले बिर्सेको बताए ।
‘जनयुद्धमा होमिएका जनयोद्धा र घाइतेहरूलाई सरकारले बिर्सेको छ, उनीहरूको समस्या हल गर्नु पर्दैन ? हामीले काम गर्न खोज्दा दिनु भएन, आज आफै जस लिने गरी काम गर्नु न,’ उनले भने ।
अध्यक्ष ओलीले सत्ता प्यारो हुनु नहुने भन्दै नागरिक विधेयक पारित गरी जनतालाई नागरिकता दिनु पर्ने माग राखे । उनले भने, ‘सत्ता यति किन प्यारो भएको हो ? जनताको काम गर्नु पर्दैन, जनताको समस्या बुझ्नु पर्दैन ?’
उनले अहिलेको सरकार पूरै गैर जिम्मेवारी भएको दाबी गरे । यस्तै, उनले राष्ट्रियताको सवालमा स्पष्ट हुनु पर्ने बताए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया