श्रममन्त्री कुँवरले गरे विद्युतीय प्रणालीका स्वास्थ्य सेवा प्रवाहको सुरुवात

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका छन् । सामाजिक सुरक्षा कोषले सोमबार मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रममा उनले उक्त स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका हुन् ।
यस प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानु पर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानु पर्ने झन्झटको अन्त्य हुने कोषले आशा व्यक्त गरेको छ । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू हुन् ।
योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधा तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गएर प्राप्त गर्न सकिने कोषको भनाइ छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटनाबापतको सुविधा लिँदा शत प्रतिशत रकम कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुने छ । कोषमा आबद्ध स्वास्थ्य संस्थाको संख्या क्रमशः बढाउँदै लगिने कोषले बताएको छ ।
कोषसँग १२६ अस्पतालले एमओयू गरेका छन् । त्यसमध्ये अहिले २६ वटा अस्पतालहरुले सूचना प्रविधि प्रणालीमार्फत कोषसँग आबद्ध भई कोषका स्वास्थ्य सुविधा योजना प्रदान गरिरहेका छन् ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया