बच्चाको कपडाको टाँकमा सुन लुकाएर ल्याउने व्यक्ति पक्राउ
मेरोन्यूज
२०७९ असार २० गते १७:२७
काठमाडौँ । दुबईबाट नेपाल आएका एक यात्रुले बच्चाको कपडाको टाँकभित्र सुन लुकाएर ल्याइएको पाइएको छ । सोमबार बिहान नेपाल आएका सुमन दमाइ नाम गरेका यात्रुले बच्चाको कपडाको टाँकभित्र सुन राखेर तस्करी गरेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उनले ल्याएको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन पाइएको हो । प्रहरीले टाँकभित्र ६० वटा सुनका रिङ फेला पारेको हो ।
बरामद सुनको तौल करिब १२५ ग्राम रहेको छ । भन्सार कार्यालयअनुसार सुमन भिजिट भिसामा दुबई पुगेका थिए । पक्राउ परेका सुमनमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया