प्रधानमन्त्रीले गरे बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार
मेरोन्यूज
२०७९ असार २० गते १८:३७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आग्रहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । उनले देउवालाई आफ्नो पार्टीबाट मन्त्री हेरफेर नगर्न आग्रह गरेका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नामावाली पठाएसँगै भट्टराईले त्यसलाई रोक्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
यादवले एकल निर्णयमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहायप्रसाद यादवलाई फिर्ता बोलाएका थिए । यस्तै, कृषिमा मृगेन्द्रप्रसाद सिंह, भौतिक पूर्वाधारमा मोहम्मद इस्तियाक राई र वन मन्त्रालयमा प्रदीप यादवको नाम पठाएका थिए ।
जसपाबाट सरकारमा गएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभार ग्रहण गरिसकेका छन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया