दक्षिण चीन सागरमा १२ शव फेला
मेरोन्यूज
२०७९ असार २१ गते १०:११

बेइजिङ । दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ ।दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए ।
हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो ।
चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र थप एक जनालाई सोमबार बिहान उद्धार गरिएको थियो ।
हङकङका अधिकारीहरूले यसअघि उपलब्ध गराएको नाटकीय फुटेजमा एक व्यक्तिलाई हेलिकप्टरमा चढेको देखाइएको थियो जबकि छालहरू तल अर्ध डुबेको जहाजको डेकमा ठोक्किएको थियो ।
सम्बन्धित
















मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया