दक्षिण चीन सागरमा १२ शव फेला
मेरोन्यूज
२०७९ असार २१ गते १०:११

बेइजिङ । दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ ।दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए ।
हङकङको दक्षिणपश्चिममा १६० समुद्री माइल टाढा रहेको एउटा इन्जिनियरिङ जहाज टाइफुनपछि दुर्घटनामा परेको थियो । टाइफुनका कारण जहाजमा ठूलो क्षति भएको थियो । टाइफुनले जहाज दुई टुक्रामा विभाजित भएको थियो ।
चिनियाँ सञ्चार माध्यमका अनुसार शनिबार तीन जना र थप एक जनालाई सोमबार बिहान उद्धार गरिएको थियो ।
हङकङका अधिकारीहरूले यसअघि उपलब्ध गराएको नाटकीय फुटेजमा एक व्यक्तिलाई हेलिकप्टरमा चढेको देखाइएको थियो जबकि छालहरू तल अर्ध डुबेको जहाजको डेकमा ठोक्किएको थियो ।
सम्बन्धित










आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया