एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास,जनही २ लाख क्षतिपूर्ति

बिराटनगर। जिल्ला अदालत संखुवासभाले मादी नगरपालिका-१ हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।
जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले चार जनालाई आजीवन कारावास सजाय सुनाइएको कारावासको फैसला भएको जानकारी दिए ।
आरोपमा पक्राउ परेका ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश र २८ वर्षीय लोकबहादुर कार्की थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो ।
अदालतले चारजनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।
एक जनालाई २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको गौतमले जानकारी दिए ।
२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया