एकै परिवारका ६ जनाको हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास,जनही २ लाख क्षतिपूर्ति

बिराटनगर। जिल्ला अदालत संखुवासभाले मादी नगरपालिका-१ हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चार जनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।
जिल्ला अदालत संखुवासभाका श्रेस्तेदार केदारप्रसाद गौतमले चार जनालाई आजीवन कारावास सजाय सुनाइएको कारावासको फैसला भएको जानकारी दिए ।
आरोपमा पक्राउ परेका ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश र २८ वर्षीय लोकबहादुर कार्की थिए । नरेश बाहेकका चार जनालाई आजीवन कारावासको फैसला भएको हो ।
अदालतले चारजनालाई आजीवन कारावास र जनही २ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ ।
एक जनालाई २५ वर्षको दुई तिहाइ (करिब १६ वर्ष) कारावासको फैसला भएको गौतमले जानकारी दिए ।
२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाति विपिन र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
















प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारी फिर्ताको समय दिउँसो १ बजेसम्म
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया