शुक्रबार, वैशाख २५, २०८३

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो

मेरोन्यूज २०७९ असार २१ गते १३:१२

काठमाडौं । रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। खाँडादेवी गाउँपालिका १ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

Advertisement
NiccNicc

दुर्घटनामा परी २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया