एक सचिव बढुवा हुन तीन सहसचिवको नाम सिफारिस
मेरोन्यूज
२०७९ असार २१ गते १५:१२
काठमाडौँ । एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । रिक्त रहेको पदका लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस भएको नाममा डा. गोपीकृष्ण खनाल, दीपक काफ्ले र नारायणप्रसाद शर्मा रहेका छन् । उनीहरू क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा सिफारिस गरेको हो ।
खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख छन् ।
यस्तै शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औद्योगिक तथा लगानी प्रबर्द्बन महाशाखा प्रमुख छन् ।
सम्बन्धित
















आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया