पसलमा लुकाएको पेस्तोल र गोलीसहित पुरुष पक्राउ
मेरोन्यूज
२०७९ असार २१ गते १७:१६

सर्लाही । प्रहरीले पसलमा लुकाएर राखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।
मंगलबार बिहान पसलमा लुकाएर राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित हरिवन नगरपालिका ११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।
दासलाई सुराकीको आधारमा अवैध हतियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गोली बरामद भएको थियो ।
पेस्तोल र गोलीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
सम्बन्धित
















एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य
श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै
नेपाल राष्ट्र बैंकले शुक्रबारका निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया