सबै कमिटीको पदाधिकारी टुंगो लगाउने प्रचण्डको तयारी, नेताहरूको आआफ्नै दाबी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोसमेत टुंगो लगाउने तयारी गरेका छन् । उनले सबैका पदाधिकारी टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका हुन् ।
पार्टी पदाधिकारी बनाउने भएपछि महासचिवसहित अन्य पदमा समेत थप जटिलता देखिने भएको छ । यता वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी भए पनि कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप चुनौती थपिएको छ ।
चुनाव गरे आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बताएका थिए । यस्तै महराले आफू महासचिव नभए वरिष्ठ उपाध्यक्ष हुनु पर्ने माग राखेका छन् ।
यता, महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा दावेदार रहेका छन् । सोही पदमा पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेतसमेत आकांक्षी भएका छन् । यसैगरी कोषाध्यक्ष र उपमहासचिवमा को–को बस्ने भन्ने विषय अन्योलता छाएको छ ।
















विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया