नक्कली नोटसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ असार २१ गते २१:२३
काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ३४ प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद २२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया