काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८१ जना सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८१ जना सवारी चालकलाई कारवाही गरेको छ ।
उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लंघन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७ जना रहेका छन् ।
रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
रेड लाइट, लेन र मदिरा सेवनको कारवाहीमा परेका ३४४ जना चालकलाई ट्राफिक प्रहरीले हिजो काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षामा सहभागी गराएको छ ।
















बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा
Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया