इन्डियन आइडल पवनदीप र अरुनिताले पहिलो पटक नेपाली गीत रेकर्ड गराए

काठमाडौं । संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।
गीत हालै मुम्बईमा रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजारलाई ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ । अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् ।
पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचनाकार भने एस पी सापकोटा रहेका छन्।
स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतीय प्रख्यात गायिका लता मंगेस्करको नेपाली गित बाँचुन्जेलीलाई मा समेत संगीत भरेका छन्।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया