पन्जाबका मुख्यमन्त्री भागवन्त मानले विवाह गर्दै
नयाँ दिल्ली । पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् ।
४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी ९आप० का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी हुने सम्भावना छ ।
‘मान साहब यहाँ एक निजी समारोहमा विवाह गर्दैछन्। उनले डा गुरप्रीत कौरसँग विवाह गर्नेछन्’ वरिष्ठ आप नेता र प्रवक्ता मालविन्दर सिंह कांगको भनाई उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईलाई लेखेको छ। पूर्व ‘स्ट्यान्ड–अप कमिक’को ६ वर्षअघि सम्बन्ध बिच्छेद भएको थियो ।
उनका दुई सन्तान छन् । उनका सन्तान आमासँगै अमेरिकामा बस्छन् । १६ मार्चमा मानको सपथ समारोहमा उनीहरू अमेरिकाबाट पञ्जाब आएका थिए । यसै वर्षको सुरुमा भएका निर्वाचनमा आम आद्मीले एतिहासिक विजय हाँसिल गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।
















गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया