काठमाडौंका यी स्थानमा फैलियो हैजा
स्वास्थ्य मन्त्रालय भन्छ : दूषित पानी मुख्य कारण हो

काठमाडौं । काठमाडौं उपत्यकामा गत असार २ गतेदेखि देखिएको हैजा संक्रमण फैलिएको छ । असार २२ गतेसम्म आइपुग्दा २१ जनामा हैजा देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म उपत्यकाका सात पालिकामा हैजाका बिरामी भेटिएका छन् ।
हैजाका बिरामी सबैभन्दा धेरै काठमाडौं महानगरपालिका देखिएका छन् । महानगरका १, २, १३, १४, २८ र २९, वडामा ११ जना संक्रमित भएका हुन् ।
महानगर बाहिर चन्द्रागिरीमा २, कागेश्वरी मनोहरामा ३ र बूढानीलकण्ठ नगरपालिकामा १ जना हैजा संक्रमित भेटिएका हुन् ।कीर्तिपुर नगरपालिकामा १, त्यस्तै, ललितपुर महानगरपालिकामा २ र भक्तपुरको चाँगुनारायण नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि, पहिलोपटक हैजा संक्रमित देखिएको बागबजार क्षेत्रका बिरामीले पिउने गरेको धारा र ट्युबेलको पानीमा इकोली जीवाणु भेटिएको थियो । त्यसपछि संक्रमण देखिएका अधिकांश क्षेत्रको पानीमा सो जीवाणु भेटिएको महाशाखाले जनाएको छ ।
काठमाडौंका धारा, ट्युबेल, इनारको पानीमा इकोली भेटिएकाले पानी उमालेर मात्रै पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया