सवारी साधनमा लेखिएको सायरी किन हटाउँदैछन् ट्राफिक प्रहरी ?

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील सायरी, गजल, कविताहरू हटाउन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका त्यस्ता सामग्रीहरू हटाउन थालेको सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए ।
उनले भने, ‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ ।’
त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान मोडिँदा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयले ती सामग्री हटाउने अभियान सञ्चालन गरेको हो ।
कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
त्यसैगरी, अश्लील शब्द र द्विअर्थी भनाइहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए ।
सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सूचना जारी गरेको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया