एसएसपी बोहोराले सम्हाले काठमाडौँको कमाण्ड
मेरोन्यूज
२०७९ असार २३ गते १६:०३

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बहादुर बोहराले सम्हालेका छन् ।
कार्यभार सम्हालेसँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । गोंगबु, दरबारमार्ग र बानेश्वरलगायतका क्षेत्रमा गुण्डागर्दी बढेको सूचना आएको उल्लेख गर्दै उनले भने, ‘गुण्डागर्दी गर्ने र अनावश्यक हैरानी दिनेलाई निगरानीमा राखेर कानुनी दायरामा ल्याउँछौं ।’
बोहरा प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखाबाट काठमाडौंमा सरुवा भएका हुन् । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।
यसअगाडि काठमाडौँको कमाण्ड सुदिप गिरिले सम्हालेका थिए । हाल उनी डीआईजीमा बढुवा भएका छन् । डीआईजीमा बढुवा भएसँगै उनले प्रदेश १ को प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।
सम्बन्धित
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया