गायिका दिलमायाको पोष्ट मार्टम रिपोर्ट आयो, मृत्युका कारण के हो ?
मेरोन्यूज
२०७९ असार २३ गते १८:३६

काठमाडौँ । नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । असार ११ मा बिहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।
सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुण्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृत्युको कारण ‘झुण्डिएर’ भन्ने रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
१२ दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठको बयानको आधारमा प्रहरीले महाराजगञ्जस्थित कतार भिसा सेण्टर अगाडिको झाडीबाट सल बरामद गरेको छ । गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए ।
सम्बन्धित
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया