आइतबार, वैशाख १३, २०८३

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, भेन्टिलेटरमा राखेर उपचार हुँदै

मेरोन्यूज २०७९ असार २४ गते ९:३०

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। अलजजिराले एनएचके प्रसारणकर्ताले स्थानीय अग्नि विभागलाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातिमा गोली प्रहार भएको उल्लेख गरेको छ।

Advertisement
NiccNicc

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। उनी अचेत अवस्था रहेको हुदाँ अहिले उनको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको अलजजिराले जनाएको छ ।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।

प्रतिक्रिया