बालुवाटारमा तीन दलको बैठक : नागरिकतामा नयाँ विधेयक तयारीको छलफल

काठमाडौं । सत्तासिन प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीसँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए ।
भेटमा नागरिकता विधेयकका विषयमा केन्द्रीत रहेर छलफल भएको बालुवाटार स्रोतले बताएको छ । सरकारले चार वर्ष अगाडी संसदमा लगेको नागरिकता विधेयक आजै संसदबाट फिर्ता लिँदैछ ।
त्यसको साटोमा अर्काे विधेयक पनि सरकारले संसदमा दर्ता गराउने तयारी गरेको छ । अर्को, विधेयक सरकारले सम्भवत: आजै संसदमा दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने तयारी छ ।
‘मुख्यत नागरिता विधेयक सरकारले फिर्ता लिएपछि के गर्ने र कस्तो संशोधन विधेयक अहिले दर्ता गराएर जाने भन्नेमा गठबन्धन दलका शीर्ष नेताहरुको छलफल भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
छलफलमा गृहसचिव पनि सहभागी थिए । स्रोतका अनुसार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानलाई बंशजको नागरिकता दिने प्रावधान मात्र ल्याउने गरी नयाँ विधेयक ल्याउन चाहन्छन् ।
नागरिकताका बारेमा छलफल सकिएपछि गृहसचिव बाहिरिएको र त्यसपछि भने तीन शीर्ष नेताहरुले निर्वाचन आयोगले विहिबार प्रधानमन्त्रीलाई मंसिर २ मा निर्वाचन गराउन मिति सिफारिस गरेको विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
सरकार अब यसै महिनाको अन्तिमसम्म संघ र प्रदेशको आगामी निर्वाचनको मिति तोक्ने गरी तयारीमा जुटेको छ । यसै विषयमा प्रधानमन्त्रीले सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसाग छलफल गरेका हुन् ।
छलफलका क्रममा गठबन्धन दलहरुले आउने चुनावमा के कसरी तालमेल गर्ने भन्ने विषयमा पनि प्रारम्भिक छलफल भएको बताइएको छ ।
प्रचण्ड र नेपालले दलहरुका वीचमा हुने भागवन्डाका पहिले सिट बाँडफाँडमा संख्या टुग्गो लगाउनु पर्ने र त्यसपछि मात्र कुन निर्वाचन क्षेत्रमा कसलाई भागवन्डा लगाउने भन्नेमा केन्द्रीत रहेर छलफल गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राख्दै आएका छन् । साउनको दोस्रो सातासम्ममा गठबन्धनको प्रष्ट धारणा बनाउनु पर्नेमा माओवादी र एकीकृत समाजवादी छ ।
















निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया