नवौं राष्ट्रिय खेलकुद आयोजनाको मूल आयोजक कमिटीको बैठक जारी
मेरोन्यूज
२०७९ असार २४ गते १३:२०

काठमाडौं । गण्डकी प्रदेशमा हुन तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक कमिटीको बैठक जारी छ ।
२८ असोजदेखि ३ कात्तिकसम्म हुने तय भएको प्रतियोगिताका लागि शुक्रबार जमलस्थित एल्लो प्यागोडा होटलमामा बैठक जारी छ ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले आवश्यक तयारी अघि बढाउन आह्वान गरेका छन् ।
बैकठमा मन्त्री गहतराजसहित राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसॅंगै सातै प्रदेशका खेलकुद सदस्य सचिव, तीन विभागीय टोली र खेलसंघका प्रतिनिधिहरूको उपस्थिति छ ।
७५ सालमा नेपालगन्ज, बाँके, दाङमा आठौं राष्ट्रिय खेलकुद भएपछि कोरोनाका कारण यस प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन । हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद हुनु पर्ने भए पनि निरन्तरता नपाउँदा बल्ल नवौं हुने तयारीमा रहेको छ । राष्ट्रिय खेलकुद २०३८ सालबाट सुरु भएको थियो ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया