हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्याैट गर्ने सर्वोच्चको तयारी

काठमाडौँ । सर्वोच्च अदालतले हरेक दिन इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ । अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्य योजना बनाएर पुराना मुद्दा फस्र्यौट गर्ने गरी व्यवस्थापन रणनीति लागू गर्ने भएको हो ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा शुन्यमा पु¥याउने लक्ष्य राखेको जनाएको छ । मुद्दालाई शुन्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फस्र्याैट गर्नु पर्ने अदालतले बताएको छ ।
पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको अदालतले जनाएको छ । पत्रकार सम्मेलनमा अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालतमा ५ वर्षसम्म रहेका मुद्दालाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताए ।
अदालतले तयार गरेको कार्य योजनाअनुसार पाँच वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाको पेसी पुनः स्थगित नहुने गरी तोकिने व्यवस्था कार्य योजनामा राखिएको छ । पत्रकार सम्मेलनमा अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।
















पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया