आबेको नेपालमा आज राष्ट्रिय शोक, कुनै औपचारिक कार्यक्रम नहुने
मेरोन्यूज
२०७९ असार २५ गते ८:१५

काठमाडौं । नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति गहिराे दुःख व्यक्त गर्दै उनको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना पनि गरेको छ ।
नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।
सम्बन्धित
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया