कारागारमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

बैतडी । जिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।
कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण सङ्कलन गरिएको जनाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण सङ्कलन गरिएको हो ।
कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली एर विवरण सङ्कलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम शुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण सङ्कलन भइसकेको छ । सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया