कांग्रेस पार्टी कार्यालयमा आफ्नै कार्यकर्ताले प्रर्दशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने भएका छन् । पार्टीका भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै उनीहरुले पार्टी केन्द्रीय समिति बैठक अगाडी पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका हुन् ।
कांग्रेसको पार्टी केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सानेपामा बस्दैछ ।
पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता(कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन् ।
१० फागुनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय कार्य समिति फागुन ३ मा भंग गरिएको थियो ।
सभापति शेरबहादुर देउवाले चारवटा भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै मनोनित गरेका छन् । अन्य भातृ सस्थाको नेतृत्व अझै रिक्त रहेको र नेतृत्व पा्रप्त गरेको भातृ सस्थाको पनि अन्य सदस्य हरु रिक्त रहेकोले नेतृत्वमाथी दवाव बढाउन केन्द्रीय समिति बैठक अगाडी प्रर्दशन गर्न लागिएको शेखर पक्षका भातृ सस्थाका नेताहरुले जनाएका छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया